site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘बजाज ग्रान्ड कार्निभल’ सुरु, एक घण्टाभित्रै ऋण पास

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना सुरु गरेको छ  । भृकुटीमण्डपमा मंगलबार (वैशाख १६)देखि सुरु भएको कार्निभल २१ गतेसम्म सञ्चालन हुनेछ ।

‘बजाज ग्रान्ड कार्निभल’मार्फत ग्राहकले २० भन्दा बढी भ्यालुयटर्सबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै, घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायत विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने कम्पनीको दाबी छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, बजाज ग्रान्ड कार्निभलमा गेम जोन, टेस्ट राइड पनि रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि भइरहेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनाअन्तर्गत ग्राहकले आफ्ना पुराना बाइकहरूको उच्चतम मूल्यांकन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने सुविधा रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्