देश

काठमाडौं । सरकार र शिक्षकहरूबीच आज पनि वार्ता सफल हुन सकेन । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले आज पनि वार्ता निष्कर्षमा पुग्न नसकेको बताइन् ।
आजको वार्तामा शिक्षामन्त्रीसहित तीन मन्त्रीहरूको सहभागिता थियो । शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक वार्तामा सहभागी थिए । अर्थमन्त्री एकछिन वार्तामा बसेर अगाडि नै हिँडेका थिए ।
सहमतिपछि पनि आन्दोलन जारी रहने महासंघले जनाएको छ । आन्दोलन परिचालन समिति संयोजक पराजुलीले बाह्रखरीसँग भनिन्, “सहमतिपछि क्याबिनेटबाट पारित भएपछि मात्रै रोक्छौँ । मोडालिटी परिवर्तन हुनसक्छ ।”
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ २३:०७
प्रतिक्रिया दिनुहोस्