site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सचेतक भन्छिन्– धोका दिएकाले शिक्षक आन्दोलनमा 

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकका उचित माग तत्काल सम्बोधन गर्नुपर्ने बताएकी छन् । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले शिक्षकमाथि पानीको फोहोरा, लाठीचार्ज गर्नु अनुचित भएको बताइन् ।

“शिक्षक आन्दोलनमा आउनुको कारण पत्ता लगाउनुपर्छ । शिक्षक त्यतिकै आन्दोलनमा आएका छैनन्,” उनले भनिन् । 

Argakhachi Cement Island Ad

विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेर धोका दिएकाले शिक्षक सडकमा उत्रिएका उनले जिकिर गरिन् । “सरकारले पटक–पटक सम्झौता गर्ने अनि सम्झौता कार्यान्वयन नगरेर शिक्षकलाई धोका दिएका कारणले आन्दोलनमा आएका छन् । कुनै शिक्षकलाई ०७५ सालमा ५५ वर्षको उमेरमा स्थायी गरेको छ,” उनले भनिन्, “तर, २० वर्ष अवधि नपुगेकाले पेन्सन हुँदैन भनेकाले शिक्षक आन्दोलनमा आएका छन् ।”

उमेर छँदा शिक्षक सेवा आयोगले विज्ञापन नखुलाएको, बालविकास शिक्षकलाई शोषण गरिएका कारणले शिक्षक आन्दोलनमा उत्रिएका उनको भनाइ थियो ।

पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न उनले आग्रह गरिन् । शिक्षकलाई पनि ऐन नलिई नफर्कने बालहठ नगर्न उनले सुझाव दिइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्