site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रातो मच्छिन्द्रनाथको रथारोहण
तस्बिर : सुनिल प्रधान/बाह्रखरी

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो ।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याई विराजमान गराएपछि विधिवत रूपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मंसिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ ।

पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ । मूर्तिलाई रथमा राखेको तीन दिनमा रातो मच्छिन्द्रनाथ रथ तानेर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ । मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ ।

जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पुर्‍याई विराजमान गराइन्छ ।

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro