site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इम्बार्क रिसर्च रिभ्युको विमोचन : दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि पुस्तक सार्वजनिक

काठमाडौं । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यु : दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन गरिएको छ ।  

नेटवर्कले नेपालमा सक्रिय व्यवसायहरूमा आधारित एघार केस स्टडी समेटेर आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै तयार पारिएको पुस्तकको आइतबार एक कार्यक्रमबीच विमोचन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता गरेका इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले स्वागत मन्तव्य राख्दै इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे विशेष चर्चा गरे ।

यस्तै, रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीति निर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए । उनले भने, “विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ ।”

स्थिरता र वित्तीय समावेशीकरणसम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, सेबनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र काठमाडौं फिनटेकका संस्थापक डा. सन्ज्ीव सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे । बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले सञ्चालन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गरे ।

कार्यक्रममा पुस्तकमा समावेश ११ वटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरूमा आधारित केस स्टडीका अनुसन्धानदाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्‍याइरहेको जनाएको छ ।

ललितपुरस्थित पुल्चोकमा रहेको इम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टन, लन्डन (युके)सँगको शैक्षिक साझेदारी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा स्नातक तहमा चारवर्षे बीएस्सी. बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा दुईवर्षे  प्लेसमेन्टसहितको मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन जनवरी २०२५ को शैक्षिक सत्रदेखि सञ्चालन गर्दै आइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro