site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उड्डयन क्षेत्रको भ्रष्टाचार नियन्त्रण र दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँ : मन्त्री पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषीलाई आवश्यक कारबाही गर्न कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दामा सम्बन्धित निकायले अध्ययन गरिरहेको बताए ।

प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषीलाई कारबाही गर्न मन्त्रालय दृढताका साथ काम गर्ने उनको भनाइ छ । उनले सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको जानकारी दिए । उनले अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को प्रावधानुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

"हाम्रो नागरिक उड्डयनको क्षेत्रका धेरै सूचकमा सुधार आएको छ । त्यसलाई ग्रहण गर्दै हामी थप सकारात्मक उपलब्धिका लागि दिशा पक्रिन के–के गर्नुपर्छ भन्ने कुरा पनि हामी मसिनो गरी छलफल गर्छौं," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro