अर्थ व्यवसाय

काठमाडौं । लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यावसायिक योजना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यावसायिक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
त्यस्तै, बैठकमा बोर्डका सीईओ सुशील ज्ञवालीले ६०औँ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका विषयका बारेमा जानकारी गराएको प्रवक्ता उपाध्यायले बताए ।
बैठकका लागि तय भएका १९ वटा एजेन्डामध्ये आइतबार दुईवटा एजेन्डामाथि मात्रै छलफल भएको र अन्य एजेन्डाका विषयमा अर्को साता बस्ने बैठकमा छलफल हुने उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १८:५७
प्रतिक्रिया दिनुहोस्