site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन साहित्यकारलाई मधुपर्क सम्मान

काठमाडौं । गोरखापत्रको सहप्रकाशन मधुपर्क साहित्यिक मासिकले स्थापनाको ५८औँ वर्ष मनाउँदै नेपाली साहित्यमा सक्रिय तीन अग्रज साहित्यकारलाई ‘मधुपर्क सम्मान–२०८२’ प्रदान गरेको छ ।

शुक्रबार काठमाडौंमा मधुपर्कद्वारा आयोजित कार्यक्रममा पद्यतर्फ कवि ज्ञान उदास, गद्यतर्फ आख्यानकार ध्रुव सापकोटा र खुला प्रतिभातर्फ आख्यानकार पद्मावती सिंहलाई मधुपर्क सम्मान प्रदान गरियो । सम्मानका साथ नगद राशि पनि प्रदान गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकारलाई सम्मानित गर्दै प्रमुख अतिथि साहित्यकार डा. राजेन्द्र विमलले मधुपर्क धेरै साहित्यकारको आधारभूमि भएको बताए । उनले आफ्नो साहित्यिक जन्म पनि मधुपर्कबाट भएको बताउँदै मधुपर्क आफ्नी आमा भएको उल्लेख गरे ।

उनले भने, “आजको अति असंवेदनशील अवस्थामा संवेदनशीलतालाई जोगाउने जिम्मेवारी साहित्यकारहरूमा आएको छ ।”

कार्यक्रममा गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले साहित्यकारको मधुपर्कप्रतिको स्नेहका लागि कृतज्ञता व्यक्त गरे । उनले आजको समयानुसार डिजिटल माध्यमबाट मधुपर्कलाई आम पाठक समक्ष पुर्‍याउने प्रयास भएको बताए ।

सम्मानित सर्जकहरू कवि उदास, आख्यानकार सापकोटा र सिंहले मधुपर्कसँग जोडिँदाको सम्झना स्मरण गरे । 

उक्त अवसरमा सम्मान चयन समितिका संयोजक प्रा. कृष्ण गौतम र मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले आफ्नो धारणा राखे ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्