site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी उमेदवारलाई अन्तर्घात, एमालेले पनि गर्‍यो !

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम्तिमा पनि १६ जिल्लामा अन्तर्घात भएको निष्कर्ष निकाल्दै छानविन समिति बनाएको छ ।
माओवादीले अन्तर्घात एमालेबाट मात्रै नभइ आफ्नै पार्टीका नेताबाट पनि भएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उमेदवार थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले कम्तिमा १६ जिल्लामा अन्तर्घात भएको भन्दै नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

छानविन समितिमा  लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा रहेका छन् ।  उमेदवारले नै अन्तर्घात भयो भन्ने उजुरी गरेपछि छानविनका लागि समिति बनाइएको हो ।

गोरखा, पर्सा, सिरहा, धनुषा, कैलाली, कञ्चनपुर, दैलेख, खोटाङ, पाँचथर, सल्यान, हुम्लालगायत १६ भन्दा बढी जिल्लाका उमेदवारहरुले आफ्नै स्थानीय नेता कार्यकर्ताले अन्तर्घात गर्दा पराजित हुनुपरेको बताएका छन् ।

अन्तर्घात गर्नेलाई प्रकृतिअनुसारको कारवाही गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता मणि थापाले जानकारी दिए । उनले चुनावमा माओवादी उमेदवार एमालेका कारण मात्रै नभइ आफ्नै कारण पनि पराजय भएको बताए । उनले भने, “एमालेका मतदाताले माओवादीलाई मतदान गरेका छन्, माओवादीकै मतदाताले आफ्नै उमेदवारलाई मतदान नगरेको देखियो । त्यसैले एमालेका मतदाताको कारणले माओवादी उमेदवार पराजित भएका होइनन्, आफ्नैले गर्दा पराजित हुुनुपर्यो ।”

तर अर्का नेता देवेन्द्र पौडेलले एमाले र माओवादीका दुवै पार्टीका नेताले अन्तर्घात गरेको बताए ।

पार्टीभित्रबाट मात्र नभइ एमालेले पनि अन्तर्घात गरेको उजुरी आएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए । उनले बाह्रखरीसँग भने, “केही जिल्लाका उजुरीहरु पार्टीभित्रबाट मात्र अन्तर्घात भयो भन्ने छन भने केहीमा एमालेले पनि अन्तर्घात गर्यो भन्ने छन् । त्यस्ता उजुरीहरुमा एमालेका मतदाताले माओवादीलाई मतदान नगरेको भन्ने देखिन्छ । जसको कारणले माओवादी केन्द्रका उमेदवारहरुले पराजय बेहोर्नुपर्यो ।’’

नेता पौडेलले एमाले र माओवादी एकअर्काका अन्तर्घातको कारण पराजय भएका उमेदवारको विषयमा दुवै पार्टीभित्र छलफल हुने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro