site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय उसु कोर्षका लागि चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा जारी सातौँ राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् ।

उनलाई उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जन लगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक कक्षमा स्वागत गरेका थिए । स्वागत कार्यक्रमपछि उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्षमा सहभागीलाई प्रशिक्षण गराएका थिए ।

उनले शुक्रबारसम्म प्रशिक्षण दिनेछन् । जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन् । सातौँ डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन् । महासचिव ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकोमा लिनलाई धन्यवाद दिए ।

उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको उल्लेख गर्दै लिनको प्रशिक्षणबाट सहभागीले उच्च स्तरको ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे । लिनले नेपालको उसु विकासमा महासंघसँग सहकार्य गर्न तयार रहेको बताउँदै सहभागीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । साताव्यापी निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro