site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिथिला वारियर्सलाई मधेस प्रिमियर लिगको उपाधि

काठमाडौं । तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारियर्सले जितेको छ । राजविराजमा बिहीबार भएको फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई पाँच विकेटले पराजित गरेको हो । विजेता मिथिलाले ९ लाख एक हजार रुपैयाँ तथा उपविजेता बलानबिहुले चार लाख एक हजार पुरस्कार प्राप्त गरे ।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९.३ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । १५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए । यस्तै, लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दोष अन्सारीले १५ रन बनाए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुुशल भुर्तेलले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए ।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए । यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई–दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए ।

‘प्लेयर अफ दी सिरिज’ विशाल पटेल (जनकपुर सनराइज), उत्कृष्ट ब्याटर आशिफ शेख (जनकपुर सनराइज) तथा उत्कृष्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका आयोजक समितिका अध्यक्ष सञ्जिवनारायण यादवले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro