देश
-1744985964.jpg)
काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश दिएकोछ ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो । "आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू," सर्वोच्चको आदेशमा भनिएको छ ।
गत चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न अदालतले आदेश दिएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ २०:३९
प्रतिक्रिया दिनुहोस्