
काठमाडौं । चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मोबाइलले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असर समेटिएको छ ।
डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर र अस्पताल भर्ना हुने अवस्था पनि ट्रेलरमा देखिन्छ ।
स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक तथा सन्तानबीच बढ्दो दूरीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।
वैशाख १९ गते रिलिज हुने चलचित्रको प्रमुख कलाकारमा आयुषी ढकाल छिन् । उनीसँगै सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन गरेका छन् ।