site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ

काठमाडौं । प्रहरीले मोबाइल लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पीडितको निवेदनका आधारमा प्रहरीले शिखरजंग थापा भनिने नवराज सुनुवार, राज निष्ट यादव र सुरेश ठाकुर हजामलाई पक्राउ गरेको हो । 

गत शुक्रबार दिउँसो पौने ४ बजे बसुन्धारामा मोटरसाइकलमा आएका दुईजनाले ट्याक्सीचालक प्रेम तामाङको बा२ज ३४५८ को ट्याक्सी ठमेलमा सामान लिन जाने भनेर रोकेको र फोन गर्नका लागि भनेर मोबाइल मागेर भागी फरार भएको भनी पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।    

प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरूले विभिन्न स्थान र व्यक्तिबाट मोबाइल लुट्ने गरेको पाइएको थियो । उनीहरूको साथतबाट प्रहरीले विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरेको छ । 

उनीहहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro