site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्यासललाई पराजित गर्दै बाँसबारी पाँचौँ स्थानमा उक्लियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको पाँचौँ स्थानमा उक्लेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा च्यासललाई १–० ले पराजित गर्दै बाँसबारी पाँचौँ स्थानमा उक्लेको हो ।

बाँसबारीको जितमा सरोज दर्लामीको एक गोल पर्याप्त बन्यो । सरोजले ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा सरोजको गोलमा प्राप्त उक्त अग्रतालाई जोगाउँदै बाँसबारीले जित निकालेको हो । यता च्यासलले भने उक्त अग्रतालाई निर्धारीत र अतिरिक्त समयसम्म पनि फर्काउन सकेन ।

जितसँगै बाँसबारी तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । बाँसबारीले दुई जित, तीन बराबरी र दुई हारबाट कुल ९ नौं अंक बनाउँदै पाचौँ स्थानमा उक्लेको हो । यसअघि उसले ब्रिगेड ब्वाइजले पनि १–० ले पराजित गरेको थियो ।

पराजित च्यासल भने दोस्रो हार खेप्दै तीन जित र दुई बराबरीसँगै कुल ११ अंकका साथ चौथौ स्थानमा कायम नै छ । यसअघि च्यासल लिग लिडर प्लानिङ ब्वाइजसँग ४–० ले पराजित भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro