site stats
बाह्रखरी :: Baahrakhari
देश
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरणमाथि गोली प्रहार
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । गएराति  मायादेवी गाउँपालिकाको पडकीस्थित घरबाट शौचालय जानेक्रममा उनीमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले अध्यक्ष चौधरीमाथि राति साढे ११ बजे गोली प्रहार भएको सूचना आएको बताए ।

“राति घरबाहिर रहेको शौचायल जाने क्रममा आफूमाथि गोली प्रहार भएको जानकारी हामीलाई आएको हो,” डीएसपी मोहनमणि अधिकारी भन्छन्, “उहाँलाई गोली लागेको छैन । खोका भने फेला परेको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।”  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्