site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पका विशेष दूत विट्कोफलाई जेलेन्स्कीले लगाए रूसको पक्षपोषणको आरोप
Tiktok banner adTiktok banner ad

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफलाई रूसको पक्षपोषण गरेको आरोप लगाएका छन् । 
 
उनको यो भनाइ विट्कोफले शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पाँच घण्टा लामो बैठकपछि फक्स न्यूजलाई दिएको एक विवास्पद अन्तर्वार्तापछि आएको बीबीसीले जनाएको छ । 

विट्कोफले फक्स न्यूजसँग कुरा गर्दै रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्झौता रुसले कब्जा गरेका युक्रेनका पाँच क्षेत्रहरूको बारेमा नै हुने बताएका थिए ।

जेलेन्स्कीले बिहीबार राजधानी किभमा अयोजित पत्रकार सम्मेलनमा भने, “मलाई लाग्छ, विट्कोफ रूसी पक्षको रणनीतिअनुसार चलेका छन् । यो वास्तवमै खतरनाक छ किनभने उनी जानाजान वा अन्जानमा उनी रूसको प्रचार गर्दै छन् ।” 
 
विट्कोफले रूस र युक्रेनबीच शान्ति सम्झौतामा युक्रेनका पाँच क्षेत्रको स्थितिमा निर्भर रहेको बताएपछि जेलेन्स्कीको यो प्रतिक्रिया आएको हो । पुटिनले सन् २०२२ मा सम्पूर्ण युक्रेन कब्जा गर्ने लक्ष्य लिएर आक्रमण गरेपछि यी क्षेत्रहरू रूसी सैन्य नियन्त्रणमा छ । 

अन्तर्वार्तामा विट्कोफले डोनेत्स्क, लुहान्स्क, जापोरिझिया र खेर्सन क्षेत्रलाई इंगित गरेका थिए । पाँचौं क्षेत्र क्राइमिया हो जसलाई रूसले सन् २०१४ मा कब्जा गरेको थियो । क्राइमियाले अन्तर्राष्ट्रियस्तरमा मान्यता भने पाएको छैन ।

“क्राइमिया, डोनेत्स्क, लुहान्स्क, जापोरिझिया र खेर्सन क्षेत्रहरू हाम्रा हुन्, यी हाम्रा मानिसहरूको हुन्,” जेलेन्स्कीले अगाडि भने, “केवल हाम्रो मात्र नभएर भविष्यका युक्रेनी नागरिकहरूको पनि हो । त्यसैले विट्कोफले के कुरा गरेका हुन्, मैले बुझ्न सकिनँ ।” बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro