
काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक 'फ्याक्ट्स अफ नेपाल २०२५' सार्वजनिक गरेको छ।
नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृतिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको यस संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत बिषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ । पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन्।
यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.स २०७२ सालको भूकम्प र कोभिड-१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ।