site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणेश थापा भन्छन्– एन्फा जिम्मेवारीमा आउँदिनँ, खेल हेर्न जान्छु
गणेश थापा । फाइल तस्बिर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफू अब एन्फाको जिम्मेवारीमा नफर्कने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि बिहीबार (वैशाख ४) उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापालाई ०७२ सालमा फिफाले आर्थिक लेनदेनको विषयमा दोषी ठहर गर्दै १० वर्ष फुटबलका कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध गरेको थियो । बिहीबार निलम्बन फुकुवा भएसँगै थापाले अब आफू एन्फाको जिम्मेवारी नआउने तर बाहिरै रहेर नेपाली फुटबललाई सहयोग गर्ने बताए । 

उनले हाल जारी नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ‘बी’ डिभिजन लिग हेर्ने चाहना रहेको सुनाए । “मैले पहिले नै भनिसकेको अब एन्फाको जिम्मेवारीमा आउँदिनँ भनेर । बाहिरबाट नै नेपाली फुटबलको विकासमा सहयोग गर्नेछु,” थापाले बाह्रखरीसँग भने, “अब एनएसएल र ‘बी’ डिभिजन लिगका खेलहरू हेर्न जाने योजना बनाएको छु ।”

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)को उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष र फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro