site stats
बाह्रखरी :: Baahrakhari
खेल
चोटका कारण वेस्ट इन्डिजविरुद्ध एकदिवसीय शृंखलाबाट बाहिरिए ओभरटन

काठमाडौं । इंग्ल्यान्डका फास्ट बलर जेमी ओभरटनले वेस्ट इन्डिजविरुद्धको दुई एकदिवसीय खेल गुमाउने भएका छन् । बिहीबार वेस्ट इन्डिजसँगको खेलमा औँलामा चोट लागेपछि जेमीले वेस्ट इन्डिजविरुद्धको बाँकी दुई एकदिवसीय खेल नखेल्ने जनाइएको हो ।  

पाहुना टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा क्याच गर्ने क्रममा उनको औँलामा गम्भीर चोट लागेको थियो । सोही कारण ओभरटन करिब एक महिना मैदानबाट बाहिर रहने बताइएको छ । जसका कारण उनले वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० शृंखला पनि गुमाउने छन् । इंग्ल्यान्डले तीन एकदिवसीय खेलको शृंखलापछि ट्वान्टी–२० खेल्ने तालिका छ ।

Argakhachi Cement Island Ad

ओभरटन योसँगै चोटका कारण खेलमा अनुपस्थित नहुने चौथो खेलाडी बनेका छन् । उनीअघि मार्क वुड, जोफ्रा आर्चर र गस एटक्निसनले पनि चोटका कारण वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाएका थिए ।

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्