site stats
बाह्रखरी :: Baahrakhari
खेल
इन्डो–नेपाल योगासन च्याम्पियनसिप : भारत च्याम्पियन, नेपालले जित्यो सात स्वर्ण

काठमाडौं । दोस्रो संस्करणको इन्डो–नेपाल योगासन च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको छ । काठमाडौंको गोकर्णेश्वर–५, नारायणटारमा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण पदकसहित भारतले उपाधि जितेको हो । सात स्वर्णसहित नेपाल उपविजेता बनेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा नेपाल र भारतका २५० जना योग साधक सहभागी थिए । विभिन्न उमेर समूहमा महिला तथा पुरुष गरी १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

भारतका खेलाडीले नौ स्वर्ण, नौ रजत र ६ कांस्य पदकसहित कुल २४ पदक जिते । नेपालका खेलाडीले सात स्वर्ण, सात रजत र दश कांस्यसहित २४ पदक नै जिते ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Yoga-(12)-1748757024.jpg
नेपाल योगधाम फाउन्डेसनको आयोजना र इन्डियन युथ स्पोर्ट्स एसोसिएसनको सहआयोजनामा सम्पन्न च्याम्पियनसिपले योगलाई स्वास्थ्य र खेलकुदसँग जोड्ने उद्देश्य राखेको थियो ।

संयोजक पर्शुराम आचार्यका अनुसार, प्राचीनकालदेखि निरोगी जीवनको मूल मन्त्र रहँदै आएको योगाभ्यासलाई आधुनिक समयमा पनि जीवित राख्न प्रतियोगिताले विशेष भूमिका खेल्ने बताए ।

च्याम्पियनसिपको समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले विजेता खेलाडी तथा टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

Yoga-(15)-1748757024.jpg

Yoga-(23)-1748757024.jpg

Yoga-(2)-1748757024.jpg

Yoga-(7)-1748757023.jpg

Yoga-(9)-1748757023.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्