site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदानचुलीका अध्यक्ष भन्छन्– वर्षाले ठूलो क्षति भयो

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकामा वर्षाका कारण घर, पसलमा क्षति पुगेको छ । ठूलो संख्यामा पशुचौपाया मरेको पालिकाका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए ।

बिहीबार (वैशाख ४) बिहानको अविरल वर्षाका कारण अदानचुली–२ र ३ नम्बर वडाका विभिन्न स्थानमा क्षति पुगेको उनले बताए । “बिहान ६ बजेतिर आएको अविरल वर्षाको कारणले अदानचुली पालिकाको २ र ३ एरियामा पर्ने अदानचुली पालिकाको बजार क्षेत्र पूरै घरघरमा पानी पसेर, पालिकाको कार्यालयमा पनि पानी पसेर ध्वस्त (क्षति) भएको छ,” उनले बाह्रखरीसित भने ।

विभिन्न सडकमा पनि क्षति पुगेको उनले बताए । मानवीय क्षति नभएको उनले जानकारी दिए । “बाटोहरू पूरै ध्वस्त (क्षति), भवनहरू ध्वस्त, त्यस्तै तलतिरको एरियामा मानवीय क्षति भएको छैन, तर भौतिक क्षति र पशुचौपायाको थुप्रै क्षति भएको छ,” उनले भने । केही ‘सामान्य’ खुद्रा पसल बाढीले बगाएको उनको भनाइ छ ।

घटनास्थलमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी खटाएर उद्धार र राहतका निम्ति पहल गरिएको उनले बताए । क्षतिको यकिन विवरण संकलनको कार्य पनि जारी रहेको उनले जानकारी दिए ।

अदानचुली–२ र ३ को बीचमा पर्ने बजार क्षेत्रका घर, कार्यालयमा पानी पसेको उनले बताए । खोलामा बाढी आएर नभई आकाशेपानीका कारण घर, पसल र पशुचौपाया क्षति भएको उनले जानकारी दिए । “खोलामा बाढी आएर होइन, माथि आकाशेपानीले हो,” उनले भने, “पानी जम्मा भएर बाढी भयो, बाढीले (गोठ) भत्कायो । पहिरो छैन ।”

विभिन्न स्थानका सडकमा भने पहिरो खस्दा बाटो अवरुद्ध भएको उनले बताए । “पहिरा त, विभिन्न बाटोघाटोमा पहिरो आएर रोडै ब्लक (अवरुद्ध) भएका छन्,” उनले भने ।

अदानचुली–३, छहराखेतस्थित एउटा गोठ भत्कँदा बाख्रा मरेको उनले जानकारी दिए । अध्यक्ष सिंहले भने, “बाख्रा मरेको बाढी आएर गोठ भत्काएर, गोठभित्र बाख्राहरू राखेको, त्यही बाख्रागोठ नै भत्किएर बाख्राहरू मरेका हुन् ।

भत्किएको उक्त गोठ स्थानीय धर्म बुढाको भएको सिंहका सचिवालय सदस्य जीवन बुढाले जानकारी दिए । त्यति बेला त्यहाँ ८१ बाख्रा रहेको आफूले जानकारी पाएको उनले बताए ।

“गोठमा ८१ वटा बाख्रा रहेछ, ५२ वटा मरेको छ,” उनले भने, “२९ वटालाई जीवितै निकालिएको छ । लेदोपानी पसेर गोठ भत्किएको रहेछ ।”

वर्षाका कारण अदानचुली–२ मा एउटा घर भत्किएको छ । गाउँपालिका कार्यालयका विभिन्न कोठामा समेत पानी पसेको छ । गाउँपालिकाका कृषि र पशु शाखामा लेदोपानी पस्दा कागजात क्षति भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं एसपी शंकर पोखरेलले वर्षाका कारण गोठ भत्कँदा केही बाख्रा मरेको सूचना प्राप्त भएको बताए । उक्त स्थान सदरमुकाम सिमकोटबाट करिब ११ घण्टाको पैदल दूरीमा पर्ने उनले जानकारी दिए ।

बिहीबार देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro