site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेपाल फेस्टिभल–२०२५’ दिल्लीमा सम्पन्न
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । तीन दिवसीय ‘नेपाल फेस्टिभल–२०२५’ सम्पन्न भएको छ । नेपाल राजदूतावास, भारको सहयोगमा एभरेष्ट च्याम्बर अफ कमर्सको आयोजनामा नयाँ दिल्लीमा आयोजित ‘नेपाल फेस्टिभल–२०२५’ दिल्लीमा सम्पन्न भएको हो । 
 
दोस्रो दिनको पाचौँ सत्र भारत तथा नेपालका विशिष्ट ब्यक्तिहरूको उपस्थितिमा शनिबार साँझ ‘द सफ्ट पावर डाइनामिक इन इन्डिया–नेपाल टाइज : फ्रम सिनेम्याटिक भ्युपोइन्ट’ शीर्षकमा भएको छलफलसँगै फेस्टिभल सम्पन्न भएको थियो । 

कार्यक्रममा वक्ताको रूपमा एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन (नोइडा, भारत)का अध्यक्ष सन्दीप मारवाह, फिल्म मेकर तथा फेसन आइकन डा. संजना जोन र फिल्म फेस्टिभल क्युरेटर तथा स्वतन्त्र लेखक सन्तानु गांगुलीले आफ्ना विचार  राखेका थिए । 

नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र कलाकार दीपकराज गिरी वक्ताको रूपमा सहभागी थिए ।  

कार्यक्रममा  चलचित्र विकास बोर्डसँग सहकार्य गरेर काम गर्न तयार रहेको वक्ताहरूले बताएका छन् ।  नेपालबाट भारतमा उक्त फिल्म सिटीमा चलचित्र पढ्न जाने विद्यार्थीको लागि छात्रवृद्धिको व्यवस्था गर्ने मौखिक सहमति भएको छ । 

कार्यक्रममा वक्ताहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । 

बोर्ड अध्यक्ष डिसीले नेपाली चलचित्र छायांकनको सुन्दर स्थलहरूको जानकारी समेटिएको पुस्तक फिल्मिङ इन नेपाल समेत प्रदान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro