
काठमाडौं । चलचित्र निर्माणका लागि इजाजत लिनेको संख्या बढेको छ । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सिनेमा निर्माणका लागि इजाजत लिनेको संख्या बढेको हो ।
विसं. २०८१ मा चलचित्र निर्माणका लागि १९४ वटा निर्माण कम्पनीले इजाजत लिएका छन् । ०८१ वैशाख २ गतेदेखि चैत २१ गतेसम्म १९४ वटा कम्पनीले सिनेमा निर्माणका लागि इजाजत लिएको चलचित्र विकास बोर्डले जनाएको छ । यो १० वर्षयता कै सबैभन्दा धेरै हो ।
गत वर्ष १५० वटा चलचित्र निर्माणका लागि लिएको बोर्डसँग तथ्यांक छ ।
०७० को साउनदेखि वैशाखसम्म ४१ चलचित्र निर्माणका लागि दर्ता भएको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार, ०७०/०७१ मा १७७ सिनेमा निर्माणका लागि इजाजत लिएको पाइएको छ ।
०७१/०७२ मा १३६, ०७२/०७३ मा १३९, ०७३/०७४ मा १९३, ०७४/०७५ मा १९२, ०७५/०७६ मा १९२, ०७६/०७७ मा १६७, ०७७/०७८ मा ८६, ०७८/०७९ मा ७९ सिनेमा निर्माणका लागि इजाजत लिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
०७९/०८० मा १२१ र ०८०/०८१ मा १५० सिनेमा निर्माणको इजाजत लिएको पाइएको छ ।
इजाजत लिएजति सबै चलचित्र निर्माण हुन्छन् भन्ने हुँदैन । निर्माण भएका पनि सबै चलचित्र प्रदर्शन भन्ने निश्चित हुँदैनन् ।