site stats
बाह्रखरी :: Baahrakhari
देश
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ । 

विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

Argakhachi Cement Island Ad

परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने जनाएको छ । अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न बोडैले सरोकारवाला सबैमा अनुरोध गरेको छ । 

“परीक्षाजस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको ‘स्क्यान्ड’ हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेउपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,” जारी सूचनामा भनिएको छ, “बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ ।” 

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न बोर्डले अभिभावक, शिक्षक एवं प्रधानाध्यापकहरूमा अपिल गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्