site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको पारस्परिक आयात कर लगाउने निर्णय ९० दिनका लागि स्थगन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले एक हप्ताअघि घोषणा गरेको पारस्परिक आयात कर लगाउने निर्णय ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका छन् ।

तर, यो नियम चीनको हकमा लागु हुने छैन । अमेरिकाले चीनबाट अमेरिकामा आयात हुने मालसामानमा लाग्ने आयात कर यसअघिको १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत बनाएको बीबीसीले जनाएको छ ।

चीनले अमेरिकी वस्तुको आयातमा ८४ प्रतिशत आयात कर लगाएको भन्दै अमेरिकाले चीनको हकमा आयात करमा ९० दिनको लागि स्थगनको नियम लागु नहुने बताएको छ ।

पारस्परिक करको हकमा ९० दिनका लागि स्थगन भए पनि अमेरिकाले घोषणा गरेको आधारभूत १० प्रतिशत आयात कर भने सबै देशविरुद्ध लागु हुने बताइएको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेटले क्यनाडा र मेक्सिकोविरुद्ध यसअघि केही सामानहरूमा लगाइएको २५ प्रतिशत आयात कर पनि १० प्रतिशतको आधारभूत आयात करमा समावेश गरिएको बताएका छन् ।

नीतिगत नाटकीय परिवर्तनको क्रममा अमेरिकाका लगभग ६० जना व्यापारिक साझेदारहरूमा भन्सार कर लागु भएको केही घण्टापछि ट्रम्पले १० प्रतिशत पारस्परिक कर लागु गर्ने अधिकार दिएको घोषणा गरे ।

यसैबीच, उनले चीनबाट आयात हुने मालसामानमा १२५ प्रतिशतसम्म कर बढाएका छन् । 

ट्रम्पले अमेरिकामा प्रवेश गर्ने सबै मालसामानमा आयात कर लगाउने घोषणा गरेको एक हप्तापछि यो निर्णय आएको हो । यो दशकौँदेखिको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा ठूलो उथलपुथल हो । 

ट्रम्पको योजनाले सबै आयातमा १० प्रतिशतको आधारभूत कर राखेको छ (जुन अहिले पनि लागु छ) । ट्रम्पले ‘अन्यायपूर्ण व्यापारिक अभ्यास’ भनेर चिनाएका देशहरूमा करको उच्च दर लगाइएको छ ।

यसअन्तर्गत २७ सदस्यीय युरोपेली संघ, भियतनाम, दक्षिण अफ्रिकालगायत अन्य धेरै देश पर्छन् । यी सबैले ११ देखि १०० प्रतिशतभन्दा बढी अमेरिकी करको सामना गर्नुपर्ने अवस्था छ । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro