site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनको युद्धग्रस्त मारियुपोल सहरका अलपत्र घर जफत गर्दै रुस !

काठमाडौं । युक्रेनको मारियुपोलको सहर कब्जा गरेको तीन वर्ष पूरा भएपछि रुसले युद्धका कारण पलायन हुन बाध्य भएका युक्रेनीहरूका हजारौँ घर योजनाबद्धरूपमा जफत गरिरहेको खुलेको छ ।

बीबीसीले गरेको एक अनुसन्धानबाट रुसले कम्तीमा पाँच हजार ७०० घर जफत गर्न रेखांकित गरिएको देखाएको हो । सन् २०२४ को जुलाईदेखि रुसले नियुक्त गरेका नगर अधिकारीहरूले प्रकाशित गरेका कागजातहरूको विश्लेषणपछि बीबीसीले यस्तो निष्कर्ष निकालेको हो ।

युक्रेनी नागरिकले आफ्नो घर बचाउन रुस हुँदै मारियुपोल फर्किन सजिलो छैन । मारियुपोल फर्किन जोखिमपूर्ण यात्रा, कठोर सुरक्षा जाँच, जटिल ब्युरोक्रेटिक प्रक्रिया र रुसी पासपोर्ट स्वीकार गर्ने दबाबलाई पनि सामना गर्नुपर्ने हुन्छ ।

उक्त सहरबाट धेरैजसो युक्रेनीहरू सन् २०२२ मा रुसले गरेको ८६ दिने घेराबन्दीका बेला पलायन भएका वा मृत्युवरण गरेका थिए । ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार, त्यस क्रममा करिब आठ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।

योजनाबद्ध घर जफत गर्ने कार्य कब्जा गरिएको तटीय सहरलाई रुसीकरण गर्ने ठूलो योजनाको एक अंशजस्तो देखिने समाचारमा बताइएको छ । यसमा नयाँ सैन्य सुविधा निर्माण गर्ने र सडकको नाम रुस झल्किने राख्ने गर्नेजस्ता कार्यहरू छन् ।

ह्युमन राइट्स वाचले रुसी घेराबन्दीका कारण मारियुपोलको ९३ प्रतिशत (४४३ टावर) अग्ला भवन नष्ट वा क्षतिग्रस्त भएको बताएको छ । त्यसपछि, रुसले ७० भन्दा बढी नयाँ अपार्टमेन्ट ब्लक निर्माण गरेको समाचारमा दाबी गरिएको छ । 

बीबीसीले विश्लेषण गरेका कागजातका अनुसार, सहरका अधिकारीहरूले तुरुन्तै जफत गर्न दुईहजार २०० घर रेखांकित गरिसकेका छन् । यस्तै, तीन हजार ५५० घर सम्भावित जफतको सूचीमा छन् ।

रुसी कब्जाबाट बच्न अनुमानित तीन लाख ५० हजार युक्रेनीले मारियुपोल सहर छाडेका थिए । तीमध्ये एक हुन्, हल्याना । हल्यानाका अनुसार, करिब चार लाख २५ हजार जनसंख्या भएको तटीय सहरमा रहेको उनको अपार्टमेन्ट घेराबन्दीका बेला रुसी ट्यांक आगोले गम्भीररूपमा क्षतिग्रस्त भएको थियो ।

उनलाई भनेअनुसार, उनको अपार्टमेन्टका ढोका र झ्यालहरू मर्मत गरिएको छ । तर, उनको अनुमतिबिना नै त्यहाँ मानिसहरू बस्छन् । आफ्नो त्यो फ्ल्याट जफत हुन्छ कि भन्ने डर उनमा रहेको उनले बताइन् । “यो सम्पत्तिको कानुनी डकैती हो,” उनले भनिन् ।

रुसी अधिकारीहरूले भने ती घरहरूलाई 'घरधनी नभएका' भनेर चित्रित गर्ने गरेका छन् ।

बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro