site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महामन्त्रीको प्रस्ताव– प्रधानमन्त्रीलाई गाह्रो भए आफ्नै टिम बनाउन दिऔँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्‍याएका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताए । उनले सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको उल्लेख गरे ।

उनले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

"यो सरकार कायम रहन्छ । सरकार चल्नुपर्छ र सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ । सरकार सफल हुने भनेको मौन धारण गरेर हो र ? सरकार सफल हुने त कमजोरी केलाएर हो नि । आफू संलग्न भएको सरकारको सफलताको लागि यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी ढिलाइ गर्दैछौँ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि," उनले भने ।

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुने गरी सहमत हुनुपर्ने प्रस्ताव राखे । उनले एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र कांग्रेसबाट प्रधानमन्त्री हुने बेलामा कांग्रेस टिम हुने गरी सहमतिको विकल्प प्रस्तुत गरे ।

"जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुपर्‍यो । एमालेको प्रधानमन्त्री हुँदाखेरी एमालेको टिम दिने टोटल," उनले भने "बरु, अरू साना दललाई गाँसौँला, कांग्रेस बाहिरिने । कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने । भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमीकमजोरीप्रति प्रश्न गर्छ ।" 

उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे । कुनै पनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने उनको भनाइ छ ।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरे । न्युज एजेन्सी नेपाल

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro