देश

काठमाडौं । सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–६ का ४० वर्षीय राकेश बस्नेतसहितका व्यक्तिहरू छन् ।
राकेश चौतारा साँगाचोकगढी–५, नवलपुर चोकस्थित संकल्प होटेल एन्ड भोजनालयका सञ्चालक हुन् । उक्त होटेलको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (जेठ १६) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६९ हजार ७३० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ १६:४१
प्रतिक्रिया दिनुहोस्