site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएन : झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन् । शनिबार (जेठ १७) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले गणतन्त्रका १८, संविधान जारी गरेको करिब १० वर्षमा किन प्रश्न उठाइयो त भन्ने बारेमा सोच्न जरुरी रहेकामा जोड दिइन् । “गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन,” उनले भनिन्, “तर, त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरू एउटै थिएनन् ।”

Argakhachi Cement Island Ad

गणतन्त्रलाई विवादित बनाइएको भन्दै उनले असन्तुष्टि जनाइन् । उनले भनिन्, “यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्ने कुरा जिम्मेवारीबोध हामीले कम महसुस गर्‍यौँ कि ?”

नेत्री झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताइन् । उनले भनिन्, “तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ कि ?” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्