देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली उनको निवास बूढानीलकण्ठ पुगेको छ ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
अदालतको आदेशसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवास पुगेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ २१:१२
प्रतिक्रिया दिनुहोस्