site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारतारे मोक्सी होटेलको काम अन्तिम चरणमा, असारमा सञ्चालनमा ल्याउने तयारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको व्यावसायिक घराना एमएस ग्रुपले पछिल्लोसमय हस्पिटालिटी (होटेल) क्षेत्रमा आक्रामक भएर लगानी बढाइरहेको छ । राजधानीको नक्सालमा पाँचतारे मेरियट होटेल र ठमेलमा तीनतारे मेरियट फेयरफिल्ड होटेल सञ्चालन गरिरहेको ग्रुपले नयाँ अवधारणामा कमलादीमा चारतारे होटेल मोक्सी बनाइरहेको छ । 

आतिथ्य उद्योगमा आक्रामक रूपमा लागेको व्यापारिक घराना एमएसको मोक्सी तेस्रो होटेल परियोजना हो । होटेलको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आउँदो असारभित्र होटेल सञ्चालनमा ल्याउने तयारी भएको ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले बाह्रखरीलाई जानकारी दिए ।

एकसय कोठा रहेको होटेल बनाउन झन्डै दुई अर्ब रुपैयाँ   लगानी भएको उनले जानकारी दिए । पहिला एक अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पछि बढेर झन्डै दुई अर्ब रुपैयाँ पुगेको छ । म्यारियटअन्तर्गतकै मोक्सी ब्रान्डमा होटेल सञ्चालन हुने अध्यक्ष अग्रवालले जानकारी दिए ।

होटेल पूर्वाधार दुई रोपनी क्षेत्रफलमा बनेको छ । मोक्सी होटेलमा युवापुस्तालाई लक्षित गरिएको छ । मोक्सी ब्रान्ड नै फरक अवधारणाबाट सञ्चालन गरिरहेकाले होटेल युवालक्षित हुने उनको भनाइ छ । होटेल कमलादीको प्रज्ञा भवनको ठ्याक्कै पछाडि निर्माणाधीन अवस्थामा छ ।

होटेल गीत संगीतको मज्जा लिन र दिनभरी रमाइलो गर्न बनाउन लागेको हो । युवापुस्तालाई बढी लक्षित गरेर कमलादीमा नयाँ होटेल बनाइएको अग्रवालले जानकारी दिए ।

विश्वमा रहेका मोक्सी होटेल युवापुस्तामाझ लोकप्रिय बनेको छ । युवापुस्तालाई लक्षित गरी मोक्सी होटेल ल्याइएको भनाइ अग्रवालको छ । यो अन्य होटेलभन्दा विल्कुलै फरक हुनेछ । होटेलभित्र पस्ने बित्तिकै बार देखिन्छ । बारमै रजिष्ट्रर गर्ने, त्यही रमाइलो गरेर रुममा गएर सुत्ने गरी संरचना बनाइएको छ ।

मोक्सी होटेल ब्रान्डलाई काठमाडौंमा भित्र्याउन मेरियट इन्टरनेसनल र इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटेलबीच सम्झौता भएको छ । पछिल्लोसमय नेपाली व्यवसायीहरूले होटेलमा लगानी बढाइरहेका छन् । ग्रुपको लगानीमा ठमेलमा पनि फेयरफिल्ड म्यारियट होटेल पनि सञ्चालनमा छ । तीनतारे स्तरको फेयरफिल्डको व्यवस्थापन मेरियटले गरिरहेको छ ।

एमएसअन्तर्गत एभरेष्ट सुगर एन्ड केमिकल्स लिमिटेड, हिमालय सुगर मिल्स लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र भगवती स्टिल इन्डष्ट्रिज प्रालि सञ्चालनमा छन् ।

उत्पादनमूलक क्षेत्रमा लगानी गरेका व्यावसायिक घरनाहरूले हाल होटेलमा सम्भावना देखेर ठूलो लगानी खन्याइरहेका छन् । राजधानीलगायत देशका प्रमुख सहर र पर्यटकीय गन्तव्यहरूमा तारेस्तरका होटेल र रिसोर्ट खुल्ने क्रम बढेको छ । व्यवसायी मीनबहादुर गुरुङले आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे अन्नपूर्ण होटेल निर्माण सुरु गरेका छन् ।

यस्तै, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले पनि सेराटन होटेल बनाइरहेका छन् । शंकर ग्रुपले नक्सालमा पाँचतारे हिल्टन होटेल र व्यवसायी देशबन्धु बस्नेतले सुकेधारमा मक्र्युर होटेल पनि सञ्चालनमा ल्याइसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro