site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्ते बाख्रो’को गीत ‘घामै राजा’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतमा बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक रूपमा प्रस्तुत छन् । भिडियोमा आशिफ शाहलाई पनि देख्न सकिन्छ । 

‘जन्ते बाख्रो’ जेठ ९ गतेबाट प्रदर्शन आउँदै छ । चलचित्रमा सौगात, गरिमा र आशिफसँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ । 

प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro