
काठमाडौं । फ्रान्सको एक अदालतले उग्रदक्षिणपन्थी पार्टी नेसनलकी नेतृ मेरिन लि पेनलाई युरोपियन युनियन (ईयू)को फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरेको छ ।
अदालतले सन् २००४ देखि २०१६ सम्म ईयू संसद्की सांसद रहँदा उनले आफ्ना सहयोगीहरूलाई ईयूको फन्ड अनुचित रूपमा भुक्तानी गरेको भन्ने आरोपलाई सही ठहर्याएको समाचार संस्था एपीले जनाएको छ । उनीमाथि २७ देशको ब्लकको कानुन उल्लंघनको आरोप लगाइएको थियो ।
अदालतले फैसला सुनाउँदा लि पेन न्यायाधीशहरूको अगाडि उपस्थित थिइनन्, तर फैसलापछि उनले कुनै प्रतिक्रिया दिइनन् । फैसलाका कारण सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति चुनावमा उनको उमेदवारीमा रोक लाग्न सक्ने बताइएको छ ।
यद्यपि, उनलाई कुनै सजाय सुनाइएको छैन । लि पेनले आरोपलाई झुटो ठहर गर्दै आफू निर्दोष रहेको दाबी गरेकी छन् ।
५६ वर्षीया लि पेनले सन् २०१७ र २०२२ को फ्रान्सको राष्ट्रपति चुनावमा दोस्रो स्थान हात पारेकी थिइन् ।