site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमारलाई विपद्‌मा अमेरिकाले दिएन सहयोग 
तस्बिर : रोयटर्स ।

काठमाडौं । म्यानमारमा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि चीन, रुस, भारतजस्ता देशले आपत्कालीन टोली र मानवीय सहायता सामग्री पठाएर सहयोग गरिरहेका छन् । तर, संयुक्त राज्य अमेरिकाले अझै महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको छैन । यसअघिका यस्ता विपद्‌मा अमेरिकाले नेतृत्वदायी भूमिका खेल्दै सबैभन्दा धेरै सहयोग गर्ने गरेको थियो ।

म्यानमारको घनाबस्ती भएको मध्यक्षेत्रमा गएको भूकम्पमा परी १७ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । देशको सैन्य सरकारले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ ।

यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग पठाइँदै छ भनेर आश्वासन पनि दिए । ट्रम्पको उक्त भनाइका बाबजुद अमेरिकाले सहयोग प्रदान गर्न तदारुकता देखाएको छैन ।

न्युयोर्क टाइम्सका अनुसार, यूएसएआईडीको तीन सदस्यीय टोली बुधबारसम्म पनि म्यानमार पुग्ने अपेक्षा छैन । विगतमा सहयोगमा अग्रणी भूमिका खेल्ने गरेको अमेरिकाको यो ढिलाइ असामान्य र यसअघिको प्रयाससँग स्पष्ट विरोधाभासका रूपमा टिप्पणी गरिएको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मान्डलेमा चीनले उद्धार टोली पठाएको छ । र, १४ मिलियन डलरको सहयोग प्रदान गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro