site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रिन्स ह्यारीलाई उत्पीडन र धम्कीको आरोप

काठमाडौं । अफ्रिकाको एक च्यारिटी संस्था सेन्टेबालेकी अध्यक्ष सोफी चन्दौकाले बेलायतका प्रिन्स ह्यारीमाथि आफूविरुद्ध अत्याधिक उत्पीडन र धम्की दिएको आरोप लगाएकी छिन् । स्काई न्यूजमा आइतबार दिएको अन्तर्वार्तामा उनले यस्तो आरोप लगाएकी हुन् ।
  
चन्दौका अध्यक्ष रहेको संस्था सेन्टेबाले सह–संस्थापकहरू बेलायतका प्रिन्स ह्यारी र लेसोथोका प्रिन्स सेइसोले गत हप्ता ट्रस्टी बोर्डसँगै संर पदबाट राजीनामा दिएका थिए । २००६ मा स्थापित यो च्यारिटीले लेसोथो र बोट्सवानाका युवालाई एचआईभी/एड्स, आर्थिक असमानता र जलवायु प्रतिरोधजस्ता समस्याहरू समाधान गर्न मद्दत गर्दै आएको छ ।

प्रिन्स ह्यारी र प्रिन्स सेइसोले आफ्ना स्वर्गीय आमाहरू ब्रिटेनकी प्रिय राजकुमारी डायना र लेसोथोकी रानी मामोहाटोको सम्झनामा सेन्टेबालेको स्थापना गरेका थिए ।

दुई संस्थापक राजकुमारहरूको राजीनामाले संस्थाको भविष्यबारे प्रश्न उठाएको छ । र, उनीहरूको राजीनामा संस्थाको संचालनको विधिसम्बन्धी विवादमा केन्द्रित रहेको द न्यूज विक पत्रिकाले जनाएको छ ।

प्रिन्स ह्यारीले च्यारिटीको नेतृत्वलाई उचित सूचना नदिई सार्वजनिक रूपमा राजीनामा घोषणा गरेर उनको विरुद्ध समाजमा नकरात्मक दृष्टिकोण फैलाउन खोजिएको पनि चन्दौकाले दाबी गरेकी छन् ।

यसअघि प्रिन्स ह्यारी र प्रिन्स सेइसोले ब्रिटेनको प्रेस एसोसिएसनलाई संयुक्त विज्ञप्ति जारी गर्दै ह्यारी र सेइसोले च्यारिटीका ट्रस्टिहरू र अध्यक्षबीचको सम्बन्ध सुधार नहुनेगरी बिग्रिएकोले खराब अवस्था सिर्जना गरेको बताएका थिए । उनीहरूका अनुसार ट्रस्टिहरूले कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै चन्दौकालाई पद छोड्न आग्रह गरे पनि उनले यो पदमा रहिरहन संस्थाविरुद्ध उल्टो मुद्दामामिला गरेको आरोप लगाएका थिए ।

तर, चन्दौकाले भने पदमा बसेर संस्थाको संस्थामा दमन, कमजोर कार्यकारी प्रबन्ध, शक्तिको दुरुपयोग, धम्की, उत्पीडन, स्त्रीद्वेष, अस्वेत महिलाप्रति द्वेषजस्ता विषयलाई उजागर गर्न साहस गरेको बताइन् । द न्यूज विक

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro