site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘जलेर मृत्यु भएका पत्रकारको शरीरमा गोली भेटिएको छ’ भन्दै भ्रम फैलाए कारबाही हुन्छ : प्रहरी

काठमाडौं । प्रहरीले तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा जलेर मृत्‍यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्‍ने सूचनामा सत्यता नभएको प्रस्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम नभइसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको जनाएको छ ।

राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकाले सत्यतथ्य नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न समेत प्रहरीले सचेत गराएको छ ।

"चैत १५ मा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ लगायतका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्‍न सामाजिक सञ्‍जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेसन गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्‍यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने व्‍यहोरा समेत अनुरोध गरिन्छ," प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro