site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा 

काठमाडौं । कुलमान र हितेन्द्रको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेका छन् । यही चैत १५मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो । 

मंगलबार न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको मुद्दामा सुनुवाइ लम्बिएपछि अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अन्तरिम आदेश हुने/नहुने निर्णय न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ ।

सरकारले १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आपूmलाई दिएको अवकाशको पत्र र हितेन्द्रदेवको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरे । 

त्यही दिन कार्यकारी निर्देशकमा काम थालेका हितेन्द्रदेवले पनि आफूलाई गैरकानुनी रूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तका विषयमा कानुनी प्रश्न उठाउने अधिकार उनलाई नभएको भन्दै रिट दायर गरेका थिए । 

०६८ साल साउनमा हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्ति दिएको विरुद्ध आफ्नो रिट अदालतमै रहेको भन्दै कुलमानलाई पुनः आफ्नो नियुक्तिमा प्रश्न उठाउने अधिकार नरहेको दाबी उनको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro