site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ताजा मासु बेच्दा कर नलाग्ने फ्रिजमा राख्दा लाग्ने व्यवस्था फेर्न गर्न माग

काठमाडौं । नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाउन माग गरेको छ । मंगलबार महासंघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आयातमा ५ प्रतिशत अन्त:शुल्कमात्र लगाउन माग गरेको हो ।

आयात गरेको खुकुराको मासुमा ५ प्रतिशत अन्त:शुल्क लाग्ने गरेकोमा अहिले नेपालमा उत्पादित कुखुराको मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरिएकोप्रति महासंघले आपत्ति जनाएको छ ।

महासंघले मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा नेपाल उत्पादित कृषिजन्य प्राथमिक उत्पादनमा मूल्य अभिवृद्धि कर लगाउँदा उपभोक्ता मूल्य बढ्न गएको र चोरी पैठारी बढेको बताएको छ ।

०७९ सम्म आर्थिक ऐनमा सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा आयातमा मूल्य अभिवृद्धि करमा छुट रहेको र ५ प्रतिशतमात्र अन्त:शुल्क थियो ।

आर्थिक ऐन ०८० मा आएर यी दुवैमा लाग्ने गरेको अन्त:शुल्क हटाएर मूल्य अभिवृद्धि कर लगाएको थियो ।

ताजा मासु बेच्दा कर नलाग्ने तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यवहारिक भएकाले मूल्य अभिवृद्धि करको प्रावधान हटाउनुपर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए ।

भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामी बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले बताए । आर्थिक ऐन, २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रको भनाइ छ ।

मिश्रका अनुसार, पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिब पाँच लाख जनाले रोजगारी पाइरहेका छन् ।

Polltry-(2)-1743510882.jpg

Polltry-(1)-1743510882.jpg

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्