site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घटनामा मृत्यु भएका महर्जनको पाँच दिनपछि अन्त्येष्टि
तीनकुनेमा भएको प्रदर्शन । फाइल तस्बिर ।

काठमाडौं । तीनकुने घटनामा गोली लागेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पाँच दिनपछि अन्त्येष्टि गरिएको छ । शुक्रबार (चैत १५) भएको घटनामा ज्यान गुमाएका महर्जनको मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । महर्जनको परिवारले मंगलबारमात्रै शव बुझेको थियो ।

तीनकुनेको एक घरभित्रै जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव भने अस्पतालमै छ । उनको पोस्टमार्टम प्रक्रिया नसकिएका कारण शव शिक्षण अस्पतालमै रहेको परिवारले जनाएका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा सविन र सुरेशको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro