site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा बिस्केट जात्राको तयारी तीव्र

काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको छ ।  

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २८ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिनअघि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिंगो जात्रा मनाएर साँझ लिंगो ढालेर जात्रा मनाइन्छ । 

जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि सम्पूर्ण सामग्री ल्याएर निर्माण भइरहेको गुठी संस्थान भक्तपुर शाखा कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिइन् । 

चैत २८ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । 

त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित टौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro