site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अराजक आन्दोलनकारीका कारण रजकको मृत्यु : मिडिया एलायन्स

काठमाडौं । मिडिया एलायन्स नेपालले शुक्रबार तीनकुनेमा भएको राजावादीको आन्दोलनमा पत्रकारको मृत्यु अधिनायकवादी सरकार, अराजक आन्दोनकारीका कारण भएको बताएको छ ।

सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा शुक्रबार एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । 

रिपोर्टिङ गरिरहेका पत्रकारहरूको सहयोगका लागि गरिएको पटक–पटकको आग्रहलाई सरकारी प्रशासन तथा सुरक्षा निकायले समयमा सम्बोधन नगरी अलोकतान्त्रिक चरित्र देखाएको एलायन्सकाे आरोप छ । 

मिडिया एलायन्स नेपालका अध्यक्ष स्वयंले प्रहरी महानिरीक्षकलाई बारम्बार सम्पर्क गरी घटनाका सम्बन्धमा आधिकारिक जानकारी माग्दा जवाफ नै नदिएको बताइएको छ ।  

“हामीले प्रत्यक्ष देख्यौं, घटनाका सम्बन्धमा सशस्त्र प्रहरी महानिरीक्षकलाई गलत जानकारी दिइँदै थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले प्रेससँग नबोल्न माथिको आदेश पाएका थिए,” एलायन्सले विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रमुख जिल्ला अधिकारीलाई पटकपटक सम्पर्क गर्न खोज्दा पनि फोन नउठाउनु र सन्देश पठाउँदा पनि कुनै प्रतिक्रिया नदिनुले सोही तथ्य प्रमाणित गर्दछ ।” 

घटना भएको क्षेत्रमा सीसीटीभीहरू रहेका कारण सत्य बाहिर ल्याउन एलायन्सले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro