site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लाल सागरमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु, नौ घाइते

कायरो । इजिप्टको लोकप्रिय लाल सागरमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ । अन्य नौजना घाइते भएको स्थानीय दुई अधिकारीले बिहीबार बताएका छन् । 

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपतकालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए ।

इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो । उक्त दुर्घटनामा कम्तीमा चारजनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो ।

पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन् ।रासस/एपी

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro