site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको गुनासो– ममाथि फेरि एकपटक निकै ठूलो जालझेल भयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूमाथि फेरि जालझेल भएको बताएका छन् । बुधबार संसद् भवन परिसरमा प्रचण्डले सञ्चारकर्मीहरूसँग संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले आफू चिन्तित भएको बताए ।

"टीआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिँडे । त्योबाहेक केही एक शब्द उच्चारण गरेको होइन । तर, म निक्लिने बित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एकपटक निकै ठूलो जालझेल भएको महसुस मलाई भयो," उनले भने ।

"एक–दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टीआरसी टुंग्याएलगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाहीलगायतले भने प्रचण्डले टीआरसीसँग कुलमान साट्यो । यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुन सक्छ । सत्यको पक्षमा बोलिदिनुहोला," प्रचण्डले अगाडि भने ।

प्रधानमन्त्रीले संसद्‌मा आएर कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको अवरोध जारी राख्ने पनि बताए ।

"प्रधानमन्त्रीले आएर रोस्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro