
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।
मधेश आन्दोलन लगायत अन्य ज्ञात अज्ञात शहीदलाई सम्झदै पानसमा बत्ति बालेर अधिवेशनको खुला सत्रको उद्घाटन भएको छ ।
अधिवेशन सत्रको उदघाटन गर्न जसपा नेपालको केन्द्रीय नेतृत्व बिहिबार दिउँसो नेपालगञ्जबाट गुलरियाको लागि प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।
नेपालगञ्ज पछि पश्चिम नेपालको बर्दिया जिल्लामा पनि बलियो पकड बनाउँदै गएको जसपा नेपालको केन्द्रीय नेतृत्वले अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । जसपा नेपालले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन निर्माण अभियानलाई पछिल्लो समय झन प्रभावकारी ढंगले अघि बढाउँदै गएको सचिवालयले जनाएको छ ।