site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीले पनि आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन् ।

आगामी शनिबारदेखि एनएसएलको तेस्रो संस्करणका खेल दशरथ रंगशालामा सुरु हुने तय छ । एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले तेस्रो संस्करणमा भने तामझाजसहित सक्रियता देखाएको छैन । तर, फ्रेन्चाइज क्लबले भने आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन् ।

मंगलबार काठमाडौंमा दुई फरक कार्यक्रममार्फत काठमाडौं रेजर्स र लुम्बिनी थन्डर्सले आफ्नो जर्सी सार्वजनिक गरे । काठमाडौं रेजर्स पहिलो संस्करणको विजेता हो । काठमाडौंले धनगढी एफसीलाई हराउँदै पहिलो उपाधि जितेको थियो । दोस्रो संस्करणमा पनि काठमाडौं प्लेअफमा पुगेको थियो । तर, काठमाडौं इलिमिनेटरबाट अगाडि बढ्न भने सकेन ।

सोही टोलीले तेस्रो संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरेको छ । काठमाडौंले मंगलबार सेतो र रातो रङको दुईवटा जर्सी सार्वजनिक गरेको छ । क्लबका मालिक राहुल अग्रवाल, सहमालिक क्याबिनेट श्रेष्ठ तथा निर्देशक विज्ञानराज शर्मा, मुख्य प्रशिक्षक प्याट्रिक डे विल्ड, पूर्वमिस नेपाल जेनिशा मोक्तान, कलाकार तथा मोडल कविता नेपालीले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

तेस्रो संस्करणका लागि काठमाडौंले रोहन कार्कीलाई मार्की खेलाडी बनाएको छ । यस संस्करण काठमाडौं रेजर्सले नै उद्घाटन खेलमै साबिक विजेता ललितपुर सिटी एफसीको सामना गर्नेछ ।गत संस्करणमा काठमाडौं इलिमिनेटरमा ललितपुरसँग नै पराजित भएको थियो ।

मंगलबार पोखरा थन्डर्सले पनि तीनवटा रंग ओरेन्ज, ब्ल्यु र प्याजीको जर्सी सार्वजनिक गरेको हो । पोखराका सिनियर खेलाडी नवयुग श्रेष्ठ, समीर तामाङले जर्सी सार्वजनिक गरेका हुन् । सोही कार्यक्रममा पोखराले ब्रान्ड एम्बेसडरमा गायक छेवाङ लामालाई घोषणा गरेको थियो ।

यस सिजन पोखराको मार्की खेलाडी समीर तामाङ हुन् । पोखराले पहिलो खेलमा चैत १८ गते एफसी चितवनसँग खेल्दै छ । पोखराले नाइजेरियाका मिकाइल चुकयुबुना र क्यामरुनका स्टेफन बिनोइङलाई अनुबन्ध गरिसकेको छ ।

यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दै छन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro