site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओप्पोले नेपालमा ल्यायो ‘ए५ प्रो’
Tiktok banner adTiktok banner ad

काठमाडौं । ओप्पोले ‘ए५ प्रो’ नेपालमा सार्वजनिक गरेको  छ । गत शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरिएको हो । यो फोन पानी र धुलो प्रतिरोधी रहेको कम्पनीले जनाएको छ ।  

यो फोनमा एआई लिंकबुस्ट राखिएको बताइएको छ । फोनमा ३६० डिग्री सराउन्ड एन्टेना सुधारिएको पाउन सकिने कम्पनीले जनाएको छ ।

यो फोन हलुका र पातलो डिजाइनमा रहेको बताइएको छ । यो फोन आईपी६९ मा बनाइएकोेले पानी र धुलो छिर्न नदिने कम्पनीले जनाएको छ ।

क्वाल्कम स्न्यापड्रागन ६एस फोरजी जेनेरेसन १ मोबाइल प्लेटफर्ममा बनेको यो फोन आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा रहेको छ । कलरओएस १५ लाइट रहेकाले यो फोनले उच्च क्षमता प्रदान गर्छ ।

फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसले ४५ वाट सुपरभुक फ्ल्यास चार्ज सपोर्ट गर्छ । १९ मिनेटमै यो फोन ३० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।

ओप्पो ए५ प्रो ८ नेपालमा अलिभ ग्रिन र मोचा ब्राउन रमा उपलब्ध छ । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro