site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख स्वस्थ राख्न के गर्ने के नगर्ने ?  
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मुख स्वस्थ राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । 

मुखमा विभिन्न कारणले समस्या देखिने भन्दै मन्त्रालयले मुख स्वास्थ्य सम्बन्धी जानकारी राख्न आग्रह गरेको हो । 

मुख स्वस्थ राख्न प्रत्येक दिन न्यूनतम दुईपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्ने र एकपटक डेन्टल फ्लोसले सफा गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

“गुलियो खानेकुरा कम खानुपर्छ । खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ,” मन्त्रालयले भनेको छ । 

सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्न आग्रह गर्दै मन्त्रालयले मौसम अनुसारको फलफूल तथा सागसब्जी खानुपर्नेमा जोड दिएको छ । 

मुखमा कुनै समस्या देखिएमा आफैँ जथाभावी औषधि सेवन गर्न नहुने भन्दै मन्त्रालयले सचेत गराएको छ । 

हरेक ६/६ महिनामा नियमितरूपमा दन्त परीक्षण गर्न पनि मन्त्रालयको सुझाव छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro