site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल एनएसएल सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनरमा टिकटक

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल)सँग आगामी तेस्रो सिजनका लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यस सहकार्यले टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइटमार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याउन सहयोग गर्ने विश्वास गरिएको छ ।

टिकटकका अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल सिजन ३ को समयमा फुटबल प्रशंसकहरूले टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्ट बनाउने अवसर पाउने जनाइएको छ । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव २०२५ अप्रिल २६ मा हुने फाइनलसँगै समाप्त हुने एनसेलले जनाएको छ ।

प्रत्येक दिन हजारौँ भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्न स्थान दिने बताइएको छ । यस साझेदारीमार्फत देशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेन्डबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउने बताइएको छ ।

नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague प्रयोग गरेर टिकटकमा प्रतियोगिताका अविस्मरणीय क्षण सँगै सेलिब्रेट गर्न सक्ने एनसेलले जनाएको छ । साथै, #CelebrateFootball ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरूप्रस्तुत गर्नेछ, जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ ।

यसबाहेक, #CelebrateFootball ले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्नेछ ।

फ्यानहरूलाई एकताबद्ध गर्ने, नेपालको सबैभन्दा ठूलो फुटबल लिगको उत्साह बढाउनेर फ्यान अनुभवलाई समृद्ध बनाएर फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकहरूको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो ।

टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, “हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरूमध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौँ । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोस ल्याउने लक्ष्य राखेका छौँ ।"

एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “एनएसएल सधैँभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुन: परिभाषित गर्ने प्रयास गर्छ । यस सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलोपटक नजिक ल्याउनेछ । फुटबल केवल खेलमात्र होइन, यो जोस, समाज र साझा अनुभवहरूको बारेमा पनि हो । यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटकमार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौँ ।" 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro