site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय दिवसमा पाकिस्तानी दूतावासमा झन्डोत्तोलन

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले आइतबार पाकिस्तानको ८५औँ राष्ट्रिय दिवसको अवसरमा एक झन्डोत्तोलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम काठमाडौंस्थित पाकिस्तानी दूतावास परिसरमा गरिएको थियो ।

पाकिस्तानी राजदूत अब्रार एच हाशमीले पाकिस्तानको झन्डोत्तोलन गरेका थिए । उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले एकता, विश्वास र अनुशासनका सिद्धान्तलाई अँगालेर राष्ट्रिय सुरक्षालाई बलियो बनाउने उल्लेख गरेका छन् । 

पाकिस्तान आफ्नो सार्वभौमिकताको रक्षा गर्दै शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थिरता र बलियो विश्वव्यापी सम्बन्धका पक्षमा रहेको उनले बताएका छन् ।

“हामी आत्मनिर्णयका लागि जम्मू, कश्मीर र प्यालेस्टाइनका जनताको साथमा उभिन्छौँ,” पाकिस्तानका राष्ट्रपतिले आफ्नो सन्देशमा भनेका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro